मकवानपुर- हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट २१ केसी लागूऔषध गाँजासहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-९ बस्ने ४० वर्षीया टेकमाया गुरुङ र ३१ वर्षीया अस्मिता प्रजा रहेको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। घटनाबारे थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ।