शुक्रबार, साउन ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा अरब सागरको जलवाष्पयूक्त वायु र पश्चिमी न्यून चापीय प्रणाली सक्रिय

नेपालमा अरब सागरको जलवाष्पयूक्त वायु र पश्चिमी न्यून चापीय प्रणाली सक्रिय

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनुको साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनुको साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा कुहिरो लागेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु तथा कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: Jan 27, 2023| 07:26 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।