काठमाडौं- जारको खानेपानीको खाद्य अनुज्ञापत्र दिन डेढ लाख घुस लिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक कर्मचारी रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका आठौँ तहका खाद्य प्राविधिक योगेन्द्र ढुंगेललाई डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा विभाग कम्पाउन्डबाटै पक्राउ गरेको हो।
उनले जारको खानेपानीको खाद्य अनुज्ञापत्र दिन सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ। घुस रकम लिएर विभाग कम्पाउन्डबाट बाहिर निस्कनै लाग्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो।
ढुंगेललाई पक्राउ गरेर थप अनुसन्धान थालिएको अख्तियारले जनाएको छ।