शुक्रबार, साउन ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रेम आचार्यले नाम लिएका व्यक्तिहरुविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

प्रेम आचार्यले नाम लिएका व्यक्तिहरुविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

अधिवक्ता स्वागत नेपालको टोलीले आचार्यले उल्लेख गरेका सबै व्यक्ति तथा संस्थाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता गरेको हो।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं- प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुको कारणबारे उल्लेख गरेका व्यक्तिहरुविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता भएको छ।

अधिवक्ता स्वागत नेपालको टोलीले बिहीबार आचार्यले उल्लेख गरेका सबै व्यक्ति तथा संस्थाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता गरेको हो।

आज नै मृतक आचार्यकी पत्नी नानुका अधिकारीले पनि प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएकी छन्।

आचार्यले आफ्नो फेसबुक प्रोफाइलमा नाम चलेका डिपार्टमेण्टल स्टोर, मार्ट, कलेजलगायत धेरै व्यक्ति तथा संस्थाहरुले उधारो नतिरेको र आफू ऋणमा डुबेको बताएका छन्। आफूलाई यो अवस्थामा पुर्‍याउनमा सरकार र कानुन पनि जिम्मेवार रहेको उनले बताएका छन्।

मंगलबार बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाएका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको भोलिपल्ट बिहान अस्पतालमा मृत्यु भएको थियो।



प्रकाशित: Jan 26, 2023| 18:47 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।