शुक्रबार, साउन ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २४ घाइते

महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २४ घाइते

ट्याक्टर अनियन्त्रित भएर सडकमा नै पल्टिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

महोत्तरी- महोत्तरीको बर्दिबासमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। सिन्धुलीस्थित लंगुर खोलाबाट तीर्थ गएर फर्किएका एक जनाको ज्यान गएको हो। मृतकको पहिचान खुल्न सकेको छैन। ट्याक्टरमा सवार सबै यात्रु धनुषास्थित औरही नगरपालिका वडा नम्बर -५ का भएको प्रहरीले जनाएको छ। घाइते मध्ये गम्भीर घाइते दुई जनाको सनाखत हुन सकेको छैन। 

आज बिहान  बर्दिबास-३ स्थित पाटु मोडमा २५ जना सवार प्रदेश २-०२-००१ त.२२६४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार चालक भने फरार भएका छन्। 

पहिचान खुल्न नसकेको दुई जना महिलाको जनकपुस्थित चन्द्रकला अस्पतालमा उपचार भइरहेकाे छ। त्यसैगरी औरही नै बस्ने कुमारी मण्डल  सामान्य उपचार पश्चात जनकपुर रामजानकी अस्पतालमा रिफर गरिएको छ। उनको पनि अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले बताएको छ।

अन्य घाइते हुनेहरूमा  जुलेवी मण्डल, चन्द्र कुमारी मण्डल, रेम्नी देवी, नयन कुमारी मण्डल, पवन देवी मण्डल, सिकिलिया मण्डल,सिता कुमारी मण्डल, सुकुमरिया देवि, देवू मण्डल, कुसुम मण्डल, कलादेवी मण्डल, सुमित्रा देवी ठाकुर, चन्द्रा देवी मण्डल रहेको प्रहरीले जनाएको छ। अहिले उनीहरूको जनकपुरस्थित रामजानकी अस्पताल, चन्द्रकला अस्पताल, बर्दिबासस्थित जनसेवा, सुभस्वस्तिक र बर्दिबास अस्पतालमा उपचार भैइरहेको छ। ट्याक्टर अनियन्त्रित भएर सडकमा नै पल्टिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

प्रकाशित: Jan 26, 2023| 18:46 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।