शुक्रबार, असार २०, २०८२

महानगरले हटायो ९ हजार होडिङ बोर्ड

महानगरले तीन महिने अवधिमा तोकिएका आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाएको हो।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं– काठमाडौं महानगरले गत असोजदेखि पुस मसान्तसम्म ९ हजार होर्डिङ बोर्ड हटाइएको बताएको छ। महानगरले तोकिएका आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाएको हो।

महानगरले गत ७ असोजमा मापदण्डबमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो।

सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैं व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिए पनि तोकिएको समय सकिएपछि २७ कात्तिकबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको महानगरले जनाएको छ।

महानगरको आर्थिक ऐन, २०७९ बमोजिम ६ वर्गफिटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५०० तोकिएको छ भने १५ वर्गफिटसम्मको शुल्क १ हजार ५०० हो। १५ वर्ग फिटदेखि ३० वर्गफिटसम्मका परिचय पाटीको प्रतिवर्गफिट १ हजार थप शुल्क तिनुपर्छ।

प्रकाशित: Jan 26, 2023| 16:36 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्