आइतबार, जेठ २६, २०८२

रक्षामन्त्री उप्रेतीले गरे फास्ट ट्रयाक निरीक्षण

मन्त्री उप्रेतीले आयोजनामा भइरहेका काम–कारबाही र प्रगतिबारे जानकारी लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएको हो।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा मन्त्री उप्रेतीले आयोजनामा भइरहेका काम–कारबाही र प्रगतिबारे जानकारी लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएको हो।

उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना अघि बढाउने सन्दर्भमा भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिएका थिए। मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा आगामी २०८१ सम्म पूरा गर्ने लक्ष्य राखेर काम भइरहेको छ।

निरीक्षणपछि मन्त्री उप्रेतीले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए। काठमाडौं–ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्व पश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ। 

एसियाली सडकको मापदण्डअनुरूप निर्माण हुने उक्त राजमार्गमा लामा र छोटा गरी ८७ वटा पुल र तीन वटा सुरुङ रहनेछन्। करिब ७२.६ किमी लम्बाइको उक्त द्रुतमार्गका हालसम्म भौतिक प्रगति १९ र वित्तीय प्रगति २१ प्रतिशत रहेको छ।

प्रकाशित: Jan 26, 2023| 14:33 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्