शनिबार, साउन ४, २०८२

राष्ट्रपतिले गरिन् वसन्त श्रवण

सरस्वती पूजा अर्थात् वसन्ती पञ्चमी अवसरमा राष्ट्रप्रमुखले नासलचोक पुगेर वसन्त श्रवण गर्ने परम्परा छ।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीबार वसन्त श्रवण गरेकी छन्। बिहीबार सरस्वती पूजा अर्थात् वसन्ती पञ्चमी अवसरमा राष्ट्रप्रमुखले नासलचोक पुगेर वसन्त श्रवण गर्ने परम्परा छ।

यो प्रचलन राजा प्रताप मल्लको पालादेखि चलेको इतिहासमा उल्लेख छ। सोही परम्पराअनुसार नासलचोक पुगेकी राष्ट्रपतिलाई नेपाली सेनाको टुकडीले सलामीसमेत अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरिएको थियो। 

राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरिन्। राष्ट्रपति भण्डारीले पनि वसन्त श्रवण अवसरमा विद्याकी देवी सरस्वतीको पूजाआराधना गरिन्। वसन्त श्रवण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थिति थिए।

वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ। वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरे मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने शास्त्रोक्त कथन छ। वसन्तपञ्चमीको दिनबाट वसन्त ऋतु सुरुआत भएको मानिन्छ भने यस दिनबाटै संसारी स्वरुपले नयाँ रुप लिने विश्वास रहिआएको छ।

प्रकाशित: Jan 26, 2023| 12:37 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।