काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ।
समसामयिक राजनीतिका विषयमा छलफल गर्न बैठक बस्न लागेको नेताहरूले बताएका छन्। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ।
बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुनेछ।