शुक्रबार, साउन ३, २०८२

कति छ काठमाडौंको बिहानी तापक्रम

आजदेखि पश्चिमी भेटको मौसम सफा हुँदैछ। पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका धेरैजसो ठाउँमा वर्षा र हिमपात भएको थियो।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं- आजदेखि पश्चिमी भेटको मौसम सफा हुँदैछ। पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका धेरैजसो ठाउँमा वर्षा र हिमपात भएको थियो।

आजदेखि ती क्षेत्रमा पनि घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन्। उनका अनुसार मध्य र पूर्वी क्षेत्रमा भने आजको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ। तर, वर्षा भने हुने छैन।

शनिबारसम्म नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। शनिबारदेखि भने अर्को प्रणाली भित्रने सम्भावना रहेको छ।

यसैबीच, देशभरकै तापक्रम बढ्न थालेको छ। वर्षा र हिमपातले पश्चिमी क्षेत्रमा हिजोअस्ति चिसो बढे पनि अब  बिस्तारै तापक्रम बढ्दै जाने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ। काठमाडौंको अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियससम्म पुग्न थालिसकेको छ।

प्रकाशित: Jan 26, 2023| 08:00 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।