काठमाडौं- सरकारले क्रसर उद्योगलाई थप नियमन गर्ने भएको छ। बिना अनुमति सञ्चालित सबै क्रसर उद्योग बन्द गरेर नियमन गर्ने सरकारले निर्णय गरेको छ।
यद्यपि, सरकारले मापदण्ड पूरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा भने तोकेको छ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्न पछि पनि चलिरहेका क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीहरूलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए।