आइतबार, जेठ २६, २०८२

आइएमई पे एप डाउनलोड संख्या ४० लाख

आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसनअन्तर्गत सञ्चालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं- आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसनअन्तर्गत सञ्चालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ।

एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरिस्थित २५ सय ५१ मिटरको उचाईमा केक काटेर खुसी साटिएकाे थियो। आइएमई ग्रुपमा कार्यरत अधिकांश कर्मचारीको उपस्थितिमा आयोजित पिकनिक कार्यक्रमसँगै उक्त उत्सव पनि मनाइएको थियो।

ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले उक्त अवसरमा सहकर्मी साथीहरूकावीच खुसी आदानप्रदान गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले डिजिटल पेमेन्टका क्षेत्रमा रहेका अवसरहरूको विषयमा चर्चा गरेका थिए।  

प्रकाशित: Jan 25, 2023| 18:30 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्