आइतबार, जेठ २६, २०८२

मेटलाइफ नेपाल एनपिएसमा आबद्ध

मेटलाइफले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस (एनसिएचएल)को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न एनपिएसको लागि दुई संस्थाहरू बीच सम्झौता भएको हो।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं- मेटलाइफ नेपाल पनि नेशनल पेमेन्ट स्विच (एनपिएस)मा आबद्ध भएको छ।

मेटलाइफले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस (एनसिएचएल)को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न एनपिएसको लागि दुई संस्थाहरू बीच सम्झौता भएको हो।

उक्त सम्झौतापछि मेटलाइफका ग्राहकहरूलाई प्रिमियम भुक्तानी गर्न तथा मेटलाइफबाट भुक्तानी प्राप्त गर्न पनि थप सहज हुनेछ। त्यसैगरी, मेटलाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, सर्वेयर भुक्तानी, तलब, भेण्डर भुक्तानी लगायतका कारोबारहरू स्वचालित रुपमा गर्न सक्ने बताएको छ।

सम्झौता पत्रमा मेटलाइफका तर्फबाट संस्थाका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

एनपिएसअन्तर्गत एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआइमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन्।

त्यस्तै, अन्य भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतका ८० भन्दा बढी  गैर-बैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।

प्रकाशित: Jan 25, 2023| 16:44 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्