आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सूर्य नेपालद्वारा सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण

सूर्य नेपालद्वारा सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण

कम्पनीले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई सो एम्बुलेन्स हस्तान्तरण गरेको हो।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं- सूर्य नेपालले सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। कम्पनीले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई सो एम्बुलेन्स हस्तान्तरण गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनका प्रमुख एस एस पी अन्जनीकुमार पोख्रेललाई कम्पनीको भाइस प्रेसिडेन्ट कर्पोरट अफिसर रवी केसीले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए।  

हाल सो ट्रमा अस्पतालमा एम्बुलेन्सको अभाव भएकाले तुरुन्तै घाइते बिरामीहरूलाई उद्धार गर्न कठिन भइरहेका कारण कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गतको प्लाटफर्म सूर्य नेपाल आशा मार्फत एम्बुलेन्स उपलब्ध गराएको जनाएको छ। 


प्रकाशित: Jan 25, 2023| 16:36 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्