शनिबार, साउन ४, २०८२

माइतीघरमा खोजिए आत्मदाह गरेका प्रेमप्रसाद

देशमा केही गरौं भन्नेहरूका लागि उपयुक्त वातावरण बनाउन, आवश्यक नीति निर्माण गर्न, भ्रष्टाचारविरुद्ध कडा कानुन निर्माणलगायत माग राखेर दिवंगत आचार्यलाई सम्झिए युवाहरूले।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं– मंगलबार दिउँसो जनप्रतिनिधिको थलो संघीय संसद् भवनअगाडि काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएर जीवन समाप्त पारेका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै माइतीघरमा युवा पुस्ताले प्रदर्शन गरेका छन्। बुधबार बिहान उपचारका क्रममा कीर्तिपुरस्थित बर्न हस्पिटलमा आचार्यको ज्यान गएको थियो। 

माइतीघर मण्डलमा भेला भएर बानेश्वरतर्फ आएका युवाहरूले नागरिकका लागि राज्यमा न्याय नामको चीज मरेको र त्यसको घानमा आचार्य परेको बताए। बानेश्वरमा उनीहरूले मौन धारण गर्दै आचार्यप्रति श्रद्धासुमन व्यक्त गरे। आचार्यले आत्मदाह गर्नुको कारण अन्य आचार्यहरूलाई नपरोस् भनेरै सरकारलाई झकझक्याउन प्रदर्शनमा उत्रिनुपरेको युवाहरूको भनाइ छ।

आचार्यले आत्मदाह गर्नुका पछाडि आर्थिक, सामाजिक, राजनीतिक कारण रहेको देखिएकाले राज्यले सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग उनीहरूले गरे। देशमा केही गरौं भन्नेहरूका लागि उपयुक्त वातावरण बनाउन, आवश्यक नीति निर्माण गर्न, भ्रष्टाचारविरुद्ध कडा कानुन निर्माणलगायत माग राखेर दिवंगत आचार्यलाई सम्झिएको उनीहरूले जानकारी दिए।

प्रकाशित: Jan 25, 2023| 14:30 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।