आइतबार, जेठ २६, २०८२

आज कति छ नेपालमा सुन-चाँदीको मूल्य

नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ। सुनको मूल्य १०० रुपैयाँले घटेको हो।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ। सुनको मूल्य १०० रुपैयाँले घटेको हो। बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार २००  रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुनको मूल्य १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको थियो। सोही दिन छापावाला सुन प्रति तोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। यसअघि मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बुधबार भने स्थिर छ। चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो।

प्रकाशित: Jan 25, 2023| 12:33 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्