शनिबार, साउन ४, २०८२

पोखरा विमान दुर्घटना, ६ जनाको शव डीएनएबाट पहिचान

काठमाडौं ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन नसकेपछि डीएनए विधि अपनाइने।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं– गत १ माघमा काठमाडौंबाट पोखरा उडेको यती एयर विमान सेती नदीको खोचमा दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो। पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ।

काठमाडौं ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। अस्पतालका फरेन्सिकविद् डा. तुलसी कँडेलले फरेन्सिक र फिंगर प्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए। ६ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने उनको भनाइ छ। 

‘६ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिंगर प्रिन्ट विधिबाट पहिचानमा समस्या भयो। त्यसैले डिएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेका छौं’, उनले भने।

नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डीएनए’ परीक्षण गरिनेछ। उनले डीएनए परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना संकलन गर्ने कार्य भइरहेको जानकारी दिए। यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२  दिन लाग्नेछ। विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौं ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो।

प्रकाशित: Jan 25, 2023| 12:26 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।