शनिबार, साउन ४, २०८२

धादिङबाट ४३ किलोग्राम चरेससहित दुई जना पक्राउ

धादिङको गल्छी र थाक्रे गाउँपालिका क्षेत्रबाट ४३ किलो चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

धादिङ- धादिङको गल्छी र थाक्रे गाउँपालिका क्षेत्रबाट ४३ किलो चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

गल्छी गाउँपालिका वडा नम्बर-६ मा एक पुरुष र थाक्रे गाउँपालिका महादेवबेसीबाट एक महिला पक्राउ परेका हुन्।

चरेस ल्याउँदै गरेको सूचनाको आधारमा लागूऔषध ब्युरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरी टोलीले ३४ किलो ५ सय ग्रामसहित धादिङको गजुरी गाउँपालिका वडा नम्बर–८ का ३२ वर्षका वीरबहादुर तामाङ र थाक्रे गाउँपालिकाको महादेवबेसीबाट ८ किलोग्राम ५ सय ग्राम चरेससहित मकवानपुरको थाहा नगरपालिका–८ की ३५ वर्षकी लक्ष्मी पुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । 

पक्राउ परेका तामाङ र पुरीलाई लागूऔषध मुद्दा चल्ने जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिए।

प्रकाशित: Jan 25, 2023| 12:17 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।