शनिबार, साउन ४, २०८२

राष्ट्रपति भण्डारीलाई चलचित्रकर्मीले सुनाए आफ्ना समस्या

अन्तरक्रियात्मक कार्यक्रममा राष्ट्रपतिसँग कलाकारले गुनासो पोखेका हुन्।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं- राष्ट्रपति कार्यालयको आयोजनामा भएको जमघटमा चलचित्रकर्मीले राष्ट्रपतिसँग गुनासो पोखेका छन्। अन्तरक्रियात्मक कार्यक्रममा राष्ट्रपतिसँग कलाकारले गुनासो पोखेका हुन्।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीदेखि चलचित्र निर्माता संघका पूर्वअध्यक्ष आकाश अधिकारी र चलचित्रकर्मी कल्याण कोषकी संयोजक बसुन्धरा भुसालसम्मले माग र गुनासा राखे। अभिनेत्री भुसालले कोषमा १० करोड रुपैयाँ राख्न राष्ट्रपतिलाई आग्रह गरेकी छन्। राज्यले पाका कलाकारलाई नहेरेको भन्दै भुसालले रोष व्यक्त गरिन्।

बोर्ड अध्यक्ष केसीले चलचित्र ऐन कार्यान्वयन नभएको भन्दै यसलाई तत्काल अघि बढाउनु जरुरी रहेको बताए। बोर्ड अन्तर्गतको कल्याणकारी कोषमा तत्काल १० करोड न्यूनतम रकम जम्मा हुनु जरुरी भएको भन्दै केसीले यसले उद्योगमा औषधिको काम गर्ने बताए। चलचित्र क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले अर्थतन्त्रको प्रमुख हिस्सा बनाउनुपर्ने बताए। 

नेपाली फिल्मलाई विदेशी बजारमा लैजानुपर्ने जरुरी रहेको भन्दै केसीले बजेट नहुँदा बोर्डसामु विदेशमा फेस्टिभल गर्न कठिन रहेको बताएका छन्।

उद्योग वाणिज्य महासंघ अन्तर्गतको मनोरञ्जन फोरमका संयोजक तथा चलचित्र निर्माता संघका पूर्वअध्यक्ष आकाश अधिकारीले फिल्म क्षेत्रलाई राष्ट्रिय मान्यताप्राप्त उद्योगले पाउँदै सुविधा दिइनुपर्ने बताए। 

प्रकाशित: Jan 24, 2023| 21:45 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।