आइतबार, जेठ २६, २०८२

एनसेल र शिक्वेलको सूचना प्रविधि लक्षित ह्याकाथन

‘ह्याकिंग फर ह्युम्यानिटी’ थिमको ह्याकाथन माघ २७–२९ मा आयोजना हुनेछ।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं- शिक्वेल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरूलाई लक्षित गरी नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गर्ने भएको छ।

‘ह्याकिंग फर ह्युम्यानिटी’ थिमको ह्याकाथन माघ २७–२९ मा आयोजना हुनेछ। कार्यक्रमको प्रमुख उद्देश्य महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको एनसेलले जनाएको छ। गर्ल्स इन टेक र वुमन इन बिग डेटा पनि कार्यक्रमका साझेदार हुन्।

शिक्वेल फाउन्डेसनका अनुसार, छनोटमा परेको महिलाका समूहहरूले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न विभिन्न समाधानका नमूना उपायहरू बनाउने छन्। हाल यस कार्यक्रमको तयारी स्वरुप काठमाडौं लगायत देशका विभिन्न ठाउँहरूमा तयारी भइरहेको छ। 

ह्याकाथनले महिलाहरूलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करिअर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनासँग उनीहरूलाई जोड्न महत्त्वपूर्ण योगदान पुर्‍याउने एनसेलले विज्ञप्तिमा जनाएको छ। ह्याकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरेहका छात्रा तथा यस क्षेत्रमा काम गरिरहेका महिलाहरूले तीन जनाको समूह बनाउन सक्ने र कार्यक्रमको रजिस्ट्रेशन कोड स्क्यान गरी एनसेल एपमार्फत आफ्नो समूह दर्ता गर्न सक्ने जनाइएको छ। दर्ता भएका समूहहमध्येबाट छानिएका समूहको तालिका माघ २० घोषणा गरिने छ।


प्रकाशित: Jan 24, 2023| 17:48 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्