आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर लगनखेलको कर्मचारी सञ्चय कोष भवनमा

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर लगनखेलको कर्मचारी सञ्चय कोष भवनमा

बैंकले सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेको हो।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं- माछापुच्छ्रे बैंकले ललितपुरको लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ। बैंकले सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेको हो।

कर्मचारी सञ्चय कोषका सह–प्रशासक जीवन कुमार कटवालले उक्त एक्सटेन्सन काउन्टरको उदघाटन गरे। उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य उच्च पदस्थ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो। सो एक्सटेन्सन काउन्टरको स्थापना भएसँगै बैंकको हालसम्म देशभर ११ वटा एक्सटेन्सन काउन्टर संचालनमा रहेका छन्।

बैंकले देशभरका हरेक बर्ग तथा समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। र, नयाँ एक्सटेन्सन काउन्टरमार्फत् ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ सुविधाहरु समेत प्रदान गर्दै आएको छ।


प्रकाशित: Jan 24, 2023| 17:46 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्