काठमाडौं- देशका विभिन्न स्थानमा गरी मंगलबार सातजना मृत फेला परेका छन्।
प्रहरीका अनुसार कास्कीको पोखरा महानगरपालिका-५ मालेपाटन प्रगतिमार्ग बस्ने ५१ वर्षीय जयलाल बराल आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
तनहुँको भानु नगरपालिका-१ साल बस्ने ५० वर्षीय मन बहादुर आले सोही ठाउँस्थित मर्स्याङ्दी नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
सल्यानको छत्रेश्वरी गाउँपालिका-७ तुषारे बस्ने मित्रलाल रानाको घरमा बर्दिया बाँसगढी नगपालिका-८ ककौरा बस्ने ६७ वर्षीय राम बहादुर बिक मंगलबार मृत अवस्थामा फेला परेका छन्।
त्यसैगरी ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-६ भदौरे बस्ने २५ वर्षीय लाल बहादुर बम सोही गाउँपालिका-६ कटहरे बेशीस्थित ठोट्ने खोलाको झोलुंगे पुल मुनि मंगलबार मृत अवस्थामा फेला परेका छन्। गत शनिबार घरबाट हिँडी हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१८ गुम्बा डाँडा मुनि रहेको खोल्सामा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
मनाङको चामे गाउँपालिका-४ नयाँबजारमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
मोरङको सुन्दरहरैचा नगरपालिका-९ स्थित सिस्नो घारीमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ६५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।