काठमाडौं- नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि एक युवकले आत्मदाहको प्रयास गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।
आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेमप्रसाद आचार्य भएको प्रहरीले जनाएको छ।
उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ। आचार्यले आत्मदाह प्रयास गर्नुको कारण खुल्न सकेको छैन। यसरबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।