मंगलबार, वैशाख १६, २०८२

बल्ल पर्‍यो हिउँ [तस्बिरहरू]

लामो समय वर्षा र हिउँ नपर्दा खडेरीले बालीनाली सुकिसकेको थियो। भोकमरी हुने भन्दै किसान चिन्तामा थिए।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं- यस वर्षको पहिलो हिमपात जुम्ला र मुगुमा सुरु भएको छ। हिउँदे झरी र हिमपात नभएर किसान चिन्तित भइरहेका बेला हिउँ परेपछि उनीहरु खुसी भएका छन्।

लामो समय वर्षा र हिउँ नपर्दा खडेरीले बालीनाली सुकिसकेको थियो। भोकमरी हुने भन्दै किसान चिन्तामा थिए। हिमपातपछि बालीनाली सप्रिने किसानको आशा छ। गत असोजदेखि जुम्लामा हिउँ परेको थिएन।

जुम्लामा आज बिहान ५ बजेदेखि भारी हिमपात भइरहेको छ। हिमपातले जुम्ला सेताम्य भएको छ। जिल्लाका सबै क्षेत्रमा हिउँ परेसँगै जनजीवन कष्टकर बनेको छ।

मुगुको रारामा पनि यो वर्षकै पहिलो हिमपात भएको छ। विगत वर्षमा पुस लाग्नेबित्तिकै राराताल हिउँले सेताम्य हुने गर्थ्यो।

रारा विमानस्थल ताल्चा, मुर्मा गाउँ, कोटिला, झयारी, ताल्च, माथितुम, बाम, सोभा लगायत बस्तीमा पनि हिमपात भएको छ। मुगुमा माघ लागेपछि बल्ल हिमपात वर्षा सुरु हुँदा किसान उत्साहित भएका छन्। 

Metro Mart
worldlink

हुम्लाको सिमकोट क्षेत्रमा भने दोस्रो पटक हिमपात भएको छ। माघ ६ गते हुम्लामा पहिलो पटक हिमपात भएको थियो भने सोमबार रातिबाट हुम्लाको माथिल्लो क्षेत्र सिमकोट, बरगाउँ, बुराउसे, डाडाफया र नाम्खा गाउँपालिका क्षेत्रमा भारी हिमपात भएको छ।

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पनि हिमपात भएको छ। बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ।

सिगासका किसान दानसिंह बोहराका अनुसार सोमबार रातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात भएको हो। वर्षा र हिमपातका कारण चिसो बढेको छ। चिसोका कारण जनजीवन प्रभावित भएको छ। चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन्। चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुरा सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ।

वर्षा र हिमपातले किसान भने हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन्। लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको किसान बोहराले बताए।


प्रकाशित: Jan 24, 2023| 10:47 मंगलबार, माघ १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।