आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा सहज सेवा प्रदान गर्ने प्रतिबद्धता

आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा सहज सेवा प्रदान गर्ने प्रतिबद्धता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। 

काठमाण्डौको लाजिम्पाटस्थित होटेल लि हिमालय भएको सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिका बारेमा बैठकलाई जानकारी गराए। उनले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनीतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावका बारेमा समेत बताए। 

अध्यक्ष ढकालले २४औँ साधारणसभामा गरिएको भवन निर्माणको प्रतिबद्धताका बारेमा सभालाई जानकारी दिँदै समीक्षा बर्षमा कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङसहितको ११ तल्ले भवन निर्माणका क्रममा रहेको र निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराए। 

कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आवमा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै अध्यक्ष ढकालले सेवामा विविधता र शाखारहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने जानकारी गराए। 

देशमा विद्यमान आर्थिक तथा राजनीतिक अवस्थाको बाबजुत पनि कम्पनीले गत वर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको ढकालले बताए। कम्पनीले २५औँ साधारणसभासमक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनिका साथ स्वीकृत गरेकोमा सबै सेयरधनीहरुलाई उनले धन्यवाद दिए। 

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्पूर्ण सेयरधनीलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट कम्पनी अघि बढिरहेको जानकारी गराए। यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गर्दै उनले लगानीकर्ताको भावना र सञ्चालक समितिको निर्देशनबमोजिम अगाडि बढिरहेको समेत सभालाई जानकारी गराए। 

प्रकाशित: Jan 23, 2023| 17:14 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्