आइतबार, जेठ २६, २०८२

नेवानिका तीन पाइलट निलम्बित हुने

हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा त्यहाँको एटीसीको ‘निर्देशन’ नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले भनेको हो।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं– नेपाल वायुसेवा निगम (नेवानि) का तीन पाइलटलाई कारबाही गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ। 

हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा त्यहाँको एटीसीको ‘निर्देशन’ नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले भनेको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले निगमलाई तीन पाइलटलाई निलम्बन गर्न निर्देशन पठाइएको बताए। उनले भने, ‘विमानस्थलमा अवतरण गर्दा त्यहाँको एटीसीको नियम पालना गरेर निर्देशनअनुसार अवतरण गर्नुपर्छ। तर निगमका पाइलटले त्यसलाई नपछ्याएको पाइएपछि कारबाही गर्न निर्देशन दिइएको हो।’

प्राधिकरणको निर्देशनसँगै निगमले तीन  पाइलटलाई निलम्बन गर्नुपर्नेछ। प्राधिकरणले उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो।

प्रकाशित: Jan 23, 2023| 16:52 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्