आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पर्यटनमन्त्री किरातीले मागे निगमका जहाजको दैनिक रिपोर्ट

पर्यटनमन्त्री किरातीले मागे निगमका जहाजको दैनिक रिपोर्ट

निगम व्यवस्थापन सम्हाल्न नसक्ने भए राजीनामा दिन नेवानि अध्यक्ष अधिकारीलाई मन्त्री किरातीको सुझाव।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले  निगमका जहाजको दैनिक रिपोर्ट पेस गर्न नेपाल वायुसेवा निगम अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएका छन्। सोमबार निगम कार्यालय निरीक्षणमा पुगेका मन्त्री किरातीले समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन्।

मन्त्री किरातीले निगम व्यवस्थापन सम्हाल्न नसक्ने भए राजीनामा दिनसमेत अधिकारीलाई सुझाए। उनले भने, ‘कुन जहाज कतिबेला उडे? कहाँ रोकिए? के कारणले रोकिए भन्ने विषयमा विषयमा दैनिक रिपोर्ट चाहियो। म रिपोर्ट नहेरी घर जान्नँ। तोकिएको समयमै जहाज उडाउनुस्। नेपाली समयलाई बदनाम नगराउनुस्।’ 

मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाउन अध्यक्ष अधिकारीलाई निर्देशन दिए। ‘जहाज अब उप्रान्त समयमै उड्नुपर्छ। हिजो के भयो, त्यो म हेर्दिनँ। जहाज स्टार्ट भइसक्यो, अब रोकिनु हुँदैन’, उनले भने।

प्रकाशित: Jan 23, 2023| 15:38 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्