काठमाडौं– चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २० मध्ये १३ वटा वाणिज्य बैंकले नाफा बढाएको विवरण सार्वजनिक भएको छ। वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थात् पुस मसान्तसम्म ३० अर्ब १३ करोड खुद मुनाफा कमाएका छन्।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकले पुस मसान्तसम्म उक्त परिमाणमा खुदा नाफा गरेका हुन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ११.८७ प्रतिशतले बढी हो।
उक्त अवधिमा १३ बैंकको नाफा बढ्दा ७ वटाको घटेको देखिएको छ। प्रभु, सन्राइज, सिटिजन्स, कृषि विकास, सिद्धार्थ, प्राइम कमर्सियल र नेपाल बैंकको नाफा घटेको हो।
शनिबारसम्म प्रकाशित २० वाणिज्य बैंकहरूको अपरिस्कृत वित्तीय विवरणअनुसार ७ वटा बैंकको नाफा गत वर्षको तुलनामा खस्किएको छ।
यो अवधिमा सबैभन्दा बढी नबिल बैंकको नाफा ३ अर्ब ४१ करोड रहेको छ। गत आवको ६ महिनामा बैंकको यस्तो नाफा २ अर्ब १८ करोड थियो। नेपाल बंगलादेश बैंकलाई गाभेका कारण पनि नबिलको नाफामा बढोत्तरी भएको देखिन्छ ।
६ महिने अवधिमा एभरेष्ट बैंकको नाफाको वृद्धिदर सबैभन्दा धेरै बढेको छ। बैंकको खुद नाफा ९० प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।
गत वर्षको तुलनामा यो वर्ष सन्राइज, सिटिजन्स, कृषि विकास, सिद्धार्थ, प्रभु, नेपाल बैंक र प्राइम कमर्सियल बैंकको नाफा घटेको छ। बैंकहरूको खराब कर्जा बढ्दा नाफामा असर परेको हो। यस अवधिमा एनआईसी एसिया बैंकले ३ अर्ब २७ करोड नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ प्रतिशतले बढी हो।
नेपाल एसबीआई बैंकले पनि उक्त अवधिमा नाफा बढाउन सफल भएको छ। पुस मसान्तसम्म बैंकको नाफा १ अर्ब १७ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकको नाफा ७८ करोड २७ लाख थियो।
त्यस्तै, एनआईसी एसिया बैंकको नाफा बढेर ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ४० करोड रुपैयाँ नाफा गरेको थियो। एनएमबी बैंकको नाफा बढेर १ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ७१ करोड नाफा गरेको थियो।
प्रभु बैंकको नाफा भने घटेको छ। बैंकको नाफा घटेर १ अर्ब १९ करोडमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब २६ करोड रुपैयाँ नाफा गरेको थियो।
प्राइम कमर्सियल बैंकको नाफा घटेको छ। बैंकको नाफा घटेर १ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ६७ करोड नाफा गरेको थियो।
सानिमा बैंकको नाफा बढेको छ। बैंकको नाफा बढेर १ अर्ब २८ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब २ करोड नाफा गरेको थियो।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म सबैभन्दा बढी नबिल बैंकले ३ अर्ब ४१ करोड नाफा आर्जन गरेको छ। बैंकको गत आवको सोही अवधिमा यस्तो नाफा २ अर्ब १८ करोड थियो। नेपाल बंगलादेश बैंकलाई गाभेका कारण पनि नबिलको नाफामा बढोत्तरी भएको हो।
सिद्धार्थ बैंकको नाफा घटेको छ। बैंकको नाफा घटेर १ अर्ब १६ करोडमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड नाफा गरेको थियो। स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा बढेको छ। बैंकको नाफा बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ८ करोड नाफा गरेको थियो।
तेस्रोमा ग्लोबल आइएमई बैंकको रहेको छ। ग्लोबल आईएमई बैंकले २ अर्ब ७८ करोड नाफा कमाएको छ। पुँजीका आधारमा सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंकले पुस मसान्तसम्म आर्जन गरेको नाफा गत वर्षको तुलनामा ४.५१ प्रतिशतले मात्रै बढी हो।
कृषि विकास बैंकको नाफा सबैभन्दा बढी प्रभावित भएको छ। गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ४२ करोड नाफा कमाएको बैंकले चालू आवको सोही अवधिमा १२ करोड ८९ लाख घाटामा देखिएको छ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७१ करोड नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको तुलनामा ५३ प्रतिशतले बढी हो। नेपाल बैंकको नाफा भने खुम्चिएको छ। गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको नेपाल बैंकले यस आर्थिक वर्षमा १ अर्ब १७ करोड रुपैयाँ मात्रै नाफा गरेको छ। यो अवधिमा बैंकको नाफा १७ प्रतिशतले घटेको छ।
६ महिने अवधिमा सिभिल बैंकले ६३ करोड नाफा कमाएको छ भने सन्राइज बैंकले ६५ करोड नाफा आर्जन गरेको छ। हिमालयन बैंकले ९५ करोड र सिटिजन्स बैंकले ८४ करोड मात्रै नाफा कमाएको छ। सन्राइज बैंकको नाफा घटेर ६५ करोड ३९ लाखमा सीमित भएको छ।
राष्ट्रिय वाणिज्य बैंकको यो अवधिमा नाफा बढेर २ अर्ब ७१ करोड पुगेको छ।
सेञ्चुरी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, एनसीसी बैंक, बैंक अफ काठमाण्डू र मेगा बैंकले भने दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छैनन्। यी बैंक हालै मात्रै मर्जरमा गएका छन्।