आइतबार, जेठ २६, २०८२

हरियो तरकारी र फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ। 

समितिका अनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अदुवा ७४, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ५० रुपैयाँ छ।

त्यस्तै, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवि २५० रुपैयाँ, अकबरे खुर्सानी ५०० रुपैयाँ कायम रहेको छ। 

यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्युनतम तोकेको मूल्य हो।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल गोलभेडा १३ रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ छ भने  कन्य च्याउ  १३० रुपैयाँ, डल्ले च्याउ ३४० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ४२ रुपैयाँ, हरियो प्याज ८० र हरियो धनिया १२० रुपैयाँ रहेको छ।

प्रकाशित: Jan 23, 2023| 08:35 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्