आइतबार, जेठ २६, २०८२

दशौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको दर्ता आजबाट

सन् २०२३ मा संचालन हुने दशौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको दर्ता आजबाट खुलेको नेपाल एष्ट्रोनोमिकल सोसाईटी(नासो)ले जनाएको छ।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

काठमाडौं- सन् २०२३ मा संचालन हुने दशौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको दर्ता आजबाट खुलेको नेपाल एष्ट्रोनोमिकल सोसाईटी(नासो)ले जनाएको छ। 

'विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि संचालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखी १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन्,' आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।

विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड जुनियर (सन २०१९ बाट थप गरिएको) र सिनियर गरी दुई विधामा आयोजना गरिने आयोजकले बताएको छ।

प्रतियोगिता अन्तर्गत कक्षा ८-१० सम्मका विद्यार्थी (जनवरी १, २००८ पछि जन्मिएका) ले जुनियरमा आवेदन दिन सक्नेछन् भने ११-१२ का विद्यार्थी (जुलाई १, २००३ पछि जन्मिएका) ले सिनियरमा आवेदन दिन सक्नेछन्।

आयोजकले पहिको चरणमा सातै प्रदेशमा छनौट परिक्षा फाल्गुन १३ गते  शनिबार दिउँसो १२ बजेदेखि २ बजेसम्म गर्ने जनाएको छ। प्रदेशको छनोट इटहरी, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिने आयोजकले बताएको छ।

'इच्छुक विद्यार्थीहरूले आवेदन फारम आफुलाई पायक पर्ने संबन्धित प्रदेशका हाम्रो संयोजक वा हाम्रो कार्यालयमा सिधै बुझाउन सक्नेछन्,' आयोजकले लेखेको छ, 'प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो चरण (राष्ट्रिय चरण) मा संबन्धित प्रदेशका विद्यार्थीहरुलाई सामेल गराइनेछ। यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ।'

तेस्रो चरणको मूल्यांकनमार्फत् सहभागी विद्यार्थीहरूलाई यो वर्ष ग्रीस (जुनियर) तथा पोल्यान्ड (सिनियर) मा आयोजना हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफ़िसिक्स ओलम्पियाडहरुको लागि सिफारिस गरिने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: Jan 22, 2023| 17:57 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्