आइतबार, जेठ २६, २०८२

तरकारी संकलन केन्द्रबाट किसानलाई लाभ

डडेल्धुराको आलिताल गाउँपालिकामा तरकारी संकलन केन्द्र स्थापना गरिएको छ। वडा नं २ मा स्थापित उक्त केन्द्रबाट तरकारीलगायत कृषिजन्य उत्पादन संकलन तथा बिक्री गर्न सहज हुने भएको छ।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

डडेल्धुरा- आलिताल गाउँपालिकामा तरकारी संकलन केन्द्र स्थापना गरिएको छ। वडा नं २ मा स्थापित उक्त केन्द्रबाट  तरकारीलगायत कृषिजन्य उत्पादन संकलन तथा बिक्री गर्न सहज हुने भएको छ। सो केन्द्र स्थापनाले तरकारी खेतीमा सम्लग्न तीन सयभन्दा बढी किसान लाभान्वित भएका छन्। 

केन्द्र व्यवस्थापन तथा सञ्चालनका लागि  स्थानीय अगुवा किसान जोगबहादुर मडैको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको वडाध्यक्ष प्रमोद मल्लले जानकारी दिए। 

अहिलेसम्म स्थानीय उत्पादनले बजार नपाउँदा समस्या भएको थियो। थोरै मात्रामा उत्पादन गर्ने किसानलाई बजारसम्म आउन खर्चले नपुग्ने हुँदै आएकामा  संकलन केन्द्रमार्फत जाँदा पैसा पनि बचत हुने समय पनि खेर नजाने समूहका अध्यक्ष मडैले जानकारी दिए। आलिताल–२ को बाँझो जमिन सदुपयोग गरी नगदेबाली, दलहनबाली, बेमौसमी तरकारी खेती, फलफूल खेती, र मसला खेतीलाई व्यावसायिकरुपमा अगाडि बढाउने र स्वरोजगार सिर्जना गरी सो वडालाई हरियालीसहित कृषि क्रान्तितिर लैजाने योजनाका साथ संकलन केन्द्र स्थापना गरिएको वडाध्यक्ष मल्लले बताए।

तरकारी संकलन केन्द्र नहुँदा विगतमा तरकारी उत्पादनमा सम्लग्न किसानले सास्ती खेप्दै आएका थिए। संकलन केन्द्र स्थापनासँगै तरकारी बजारमा पुर्याएर बिक्री गर्न सहज हुनाका साथै कैलालीको धनगढीदेखि कोहरपुरसम्म तरकारी पुर्याउन सकिने विश्वास गरिएको छ। बजार सहजभएपछि हर्षित यहाँका किसान तरकारी उत्पादनमा हौसिएका छन्। वडाभित्र रहेको अन्य बाँझो जमिन पनि सदपयोग हुने जनाइएको छ।

प्रकाशित: Jan 23, 2023| 01:05 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्