आइतबार, जेठ २६, २०८२

एफवानसफ्टको आयोजनामा बैंकर्स मिटअप

नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत एफवान बैंकर्स मिटअप २०२३ कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

काठमाडौं- नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत एफवान बैंकर्स मिटअप २०२३ कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ।

यस कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो। उक्त कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रका तथा एफवान सफ्ट ग्रुपका अग्रणी व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा एफ्वान सफ्ट इन्टरनेशनलको तर्फबाट पछिल्ला समयमा विकास भएका प्रविधि,मोबाईल बैंकिङ्गमा प्रयोगकर्ताको विकास र विश्वास, आम मानिसले मोबाईल बैंकिङ्गलाई कुन रूपमा प्रयोग गरिरहेका छन् भन्ने विषयमा छलफल भएको थियो। साथै कार्र्यक्रममा पछिल्ला दुई वर्षमा डिजिटल माईक्रो कर्जा र कर्जा प्रवाह (फोनलोन) बाट देखिएका प्रभावका विषयमा छलफल भएको थियो। कार्यक्रममा आगामी दिनमा बैकिङ्क क्षेत्रमा मोबाईल बैंकिङ्गको क्षेत्रमा थप कसरी सुविधा दिन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो।

एफवान सफ्ट इन्टरनेशनल डिजिटल बैंकिङ्ग र बित्तीय क्षेत्रमा प्रविधि मार्फत सेवा प्रदान गर्ने अग्रणी फिनटेक कम्पनी हो। सन् २००४ मा स्थापना भएको यस कम्पनीले प्रविधि मार्फत बैंकिङ्ग क्षेत्रमा रहेका समस्यालाई समाधान गर्दै बैकिङ्ग भुक्तानी प्रणाली तथा यस क्षेत्रलाई प्रविधिमा आवश्यक पर्ने थप अनुसन्धान तथा प्रयोग गर्दै आइरहेको छ। कम्पनीले नेपालको डिजिटल अर्थतन्त्रको इकोस्टिम निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

कम्पनीले डिजिटल अर्थतन्त्रका लागि नयाँ नयाँ किसिमका प्रविधिको विकास गर्दै आइरहेको छ। हाल एफवान गु्रप अन्तर्गत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, बससेवा, दियालो टेक्नोलोजिज लगायतका दर्जनौ कम्पनी सञ्चालनमा रहेका छन्।

प्रकाशित: Jan 22, 2023| 17:16 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्