सोमबार, वैशाख १५, २०८२

झा दम्पती हत्याका अभियुक्त दुई वर्षपछि पक्राउ

पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५ का ७३ वर्षीय तेज नारायण झा रहेको महोत्तरी प्रहरीले जनाएको छ।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

दुई वर्षअघि महोत्तरीको पिपराका झा दम्पती हत्या प्रकरणका फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५ का ७३ वर्षीय तेज नारायण झा रहेको महोत्तरी प्रहरीले जनाएको छ।

घटनापछि फरार भई भारतको गुहावटीमा पूजारीको रुपमा काम गर्दै आएका अभियुक्त झालाई महोत्तरी प्रहरीले झापाको मेचिनगर ६ स्थित भारतको सीमाबाट पक्राउ गरेको हो। काँकडभिट्टा नाका हुँदै नेपाल आउने जाने गरेको सूचनापछि केन्द्रीय प्रहरी टोलीको सहयोगमा झालाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

झा दम्पती हत्या घटनामा संलग्न अन्य ७ जना अभियुक्तलाई प्रहरीले यसअघि नै पक्राउ गरी जिल्ला अदालत महोत्तरीमा हाजिर गराएको थियो। जिल्ला अदालतको आदेशले कारागार चलान भएका ४ जना भने उच्च अदालत जनकपुरको आदेश अनुसार धरौटीमा छुटेका छन्।

२०७७ फागुन ११ गते पिपरा ५ का ७३ वर्षीय मुसाफिर झा र वर्ष ६६ की गीतादेवी झालाई अपहरण गरी शरीर बन्धक बनाई हत्या गरी गाडेर सडेगलेको अवस्थामा एक महिनापछि परिवारले उनीहरुको शव फेला पारेको थियो।


प्रकाशित: Jan 21, 2023| 18:30 शनिबार, माघ ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।