आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई लाइफ इन्स्योरेन्सका एक सीओटीसहित ३४ एमडीआरटी सम्मानित

आइएमई लाइफ इन्स्योरेन्सका एक सीओटीसहित ३४ एमडीआरटी सम्मानित

कम्पनीले गत माघ ४ गते एक समारोहको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरुमध्ये सन् २०२३ का लागि एक सीओटीसहित ३४ जना एमडीआरटी सम्मानित भएका छन्। 

कम्पनीले गत माघ ४ गते एक समारोहको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो। उक्त अवसरमा यसपालि एमडीआरटीका रुपमा सम्मानित हुनेमा शारीरिक रुपमा विशेष रुपले सक्षम डडेलधुरा शाखाका नरेन्द्रसिंह भाटसमेत हुनुले काम गर्न दृढ संकल्प भएमा जे पनि गर्न सकिने उदाहरणसमेत स्थापित भएकोमा गौरवान्वित महसुस गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए। 

कम्पनीको समयसापेक्ष बजार नीतिका कारणले गर्दा सम्पूर्ण अभिकर्ताहरु उत्प्रेरित भएकाले अहिलेको आर्थिक रुपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरुले एमडीआरटी उपलब्धि हासिल गरेको कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले बताए। 

एमडीआरटी अर्थात मिलियन डलर राउन्ड टेबल सन् १९२७ मा रजिस्टर भएको एमडीआरटी एक विदेशी संस्था हो। जहाँ ७२ देशका ५०० कम्पनी सामेल रहेका छन्। यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ। यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरु सहभागी हुन पाउँछन्। 

यस संस्थामा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्थामार्फत तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताहरुले सहभागी हुन पाउने व्यवस्था रहेको छ। 


प्रकाशित: Jan 21, 2023| 15:55 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्