आइतबार, जेठ २६, २०८२

पर्यटनमन्त्री किरातीले भारतसँग मागे थप हवाई मार्ग

नेपालले विगत वर्षदेखि नेपालगञ्ज, भैरहवा, महेन्द्रनगरबाट हवाईजहाज प्रवेश रुट मागिरहे पनि भारतले आलटाल गर्दै आएको छ।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं– नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाललाई थप हवाई मार्ग (रुट) उपलब्ध गराउन भारतसँग आग्रह गरेका छन्। सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा किरातीले यस्तो आग्रह गरेका हुन्।

नेपालमा अहिले एक मात्र हवाई प्रवेश बिन्दु सिमरा रहेको छ। यसमा अत्यधिक चाप छ। सोही कारण थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गरिएको मन्त्री किरातीले बताए।

भेटमा श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सधैं सकारात्मक रहेको बताएको मन्त्रालयले जनाएको छ। नेपालमा अहिले सिमरा बिन्दुबाट मात्र जहाज प्रवेश गर्ने गरेका छन्। नेपालले विगत वर्षदेखि नेपालगञ्ज, भैरहवा, महेन्द्रनगरबाट हवाईजहाज प्रवेश रुट मागिरहे पनि भारतले आलटाल गर्दै आएको छ।

प्रकाशित: Jan 21, 2023| 12:24 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्