आइतबार, जेठ २६, २०८२

असुरक्षित नेपाली अकास, रोकियो ईयू टोलीको नेपाल भ्रमण

गत आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान पोखरामा दुर्घटना भएसँगै कालोसूचीसम्बन्धी प्रतिवेदन अद्यावधिक गर्ने ईयूको हवाई सुरक्षा कमिटी तत्कालका लागि नेपाल नआउने भएको हो।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं– अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले नेपालको हवाई सुरक्षामा पर्याप्त सुधार आएको प्रतिवेदनसहितको निष्कर्ष सार्वजनिक गरे पनि युरोपेली युनियन (ईयू) ले  हवाई सुरक्षा नसुध्रिएको भन्दै प्रतिबन्ध जारी राखेको छ।

ईयूको हवाई सुरक्षा कमिटी गत जुनमा स्थलगत अनुगमनमा आए पनि नेपाली वायुसेवा कम्पनीलाई कालोसूचीबाट बाहिर निकाल्न सहमत भएको थिएन। सन् २०१३ देखि नेपालका वायुसेवा कम्पनीलाई कालोसूचीमा राख्दै आएको ईयूले अर्काे महिनाभित्र हवाई सुरक्षाको अवस्थाबारे पुनः स्थलगत अनुगमन गरेर पुनर्विचार गर्ने योजना सार्वजनिक गरेको थियो। ईयूको हवाई सुरक्षा कमिटी नेपालको हवाई सुरक्षा मूल्यांकन गर्न तत्काल अनसाइट एसेसमेन्ट भिजिटमा नआउने जनाउ दिएको छ। 

गत आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान पोखरामा दुर्घटना भएसँगै कालोसूचीसम्बन्धी प्रतिवेदन अद्यावधिक गर्ने ईयूको हवाई सुरक्षा कमिटी तत्कालका लागि नेपाल नआउने भएको हो।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोनो डेप्रेजले संयुक्त विज्ञप्ति निकालेर यती एयरको जहाज दुर्घटनाका कारण तत्काल युरोपियन युनियनको हवाई सुरक्षा समितिले गर्न लागेको स्थलगत अनुगमन स्थगित भएको बताएका हुन्। 

नेपालको हवाई क्षेत्रलाई सुरक्षित र प्रभावकारी बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी नियामक निकाय र सेवाप्रदायक छुट्याउनुपर्ने सर्त ईयूले अगाडि सार्दै आएको छ।

उक्त सर्तलाई ध्यानमा राखेर  प्राधिकरणले नियामकतर्फका कर्मचारी सेवाप्रदायक र सेवा प्रदायकतर्फका कर्मचारी नियामकतर्फ जान नपाउने गरी काम गर्दै आए पनि पछिल्लो पटक ईयूले सार्वजनिक गरेको सुरक्षा सूचीबाट नेपाल बाहिरन सकेको छैन।

प्रकाशित: Jan 21, 2023| 11:43 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्