आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • माउन्टेन मग कफीको नयाँ आउटलेट हात्तीसारस्थित 'हात्तीसार हब' भवनमा

माउन्टेन मग कफीको नयाँ आउटलेट हात्तीसारस्थित 'हात्तीसार हब' भवनमा

माउन्टेन मग कफीले पछिल्लो समय लगानी बढाउँदै गएको छ। यस कम्पनीले थप लगानी गरेर नयाँ आउटलेट सञ्चालनमा ल्याउन थालेको छ।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं- माउन्टेन मग कफीले पछिल्लो समय लगानी बढाउँदै गएको छ। यस कम्पनीले थप लगानी गरेर नयाँ आउटलेट सञ्चालनमा ल्याउन थालेको छ। कम्पनीले पछिल्लोपटक काठमाडौंको हात्तीसारस्थित 'हात्तीसार हब' भवनमा आफ्नो नयाँ आउटलेट विस्तार गरेको छ।

नेपालका कफीपारखीहरूमाझ लोकप्रिय माउन्टेन मग कफीको यो आउटलेट सञ्चालनमा आएसँगै तीनवटा आउटलेट पुगेका छन्। यसअघि माउन्टेन मग कफीको मुख्य आउटलेट नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा सञ्चालनमा छ भने पाल्पामा पनि सञ्चालनमा रहेको छ।

आगामी वर्षभित्र बिर्तामोड र धनगढीसहित काठमाडौंका मुख्यमुख्य स्थानमा आउटलेट विस्तार गरेर सेवा प्रदान गर्ने योजना रहेको उक्त कम्पनीको भनाइ छ।

प्रकाशित: Jan 20, 2023| 12:30 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्