सोमबार, साउन ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मलेसियाबाट काठमाडौं आउँदै गरेको विमानलाई कोलकाता फर्काइयो

मलेसियाबाट काठमाडौं आउँदै गरेको विमानलाई कोलकाता फर्काइयो

त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम भएपछि मलेसियाबाट आएको विमानलाई कोलकाता डाइभर्ट गरिएको हो।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं– मलेसियाको क्वालालाम्पुरबाट काठमाडौंका लागि उडान भरेको सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको आरए ४१६ विमान त्रिभुवन विमानस्थलमा अवतरण हुन नसक्दा कोलकाता फर्काइएको छ। 

त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम भएपछि मलेसियाबाट आएको विमानलाई कोलकाता डाइभर्ट गरिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेम ठाकुरले जानकारी दिएका हुन्।

उनले भने, ‘हाम्रोमा १६०० को भिजिबिलिटी थियो। उक्त जहाजले २२०० माग्यो र अवतरण गर्न नसकेर कोलकोता डाइभर्ट भयो।’ खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो। 

आजै श्री एयरलाइन्सको अर्को विमान पनि काठमाडौंमा भिजिबिलिटी कम भएपछि झापाको चन्द्रगढीमा अवतरण भएको थियो। बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि उडेको विमान भिजिबिलिटी कम भएपछि झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो।

प्रकाशित: Jan 20, 2023| 10:57 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।