काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा स्वास्थ क्षेत्रमा क्रान्ति गर्ने बताएका छन्।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यो पटक राष्ट्र र जनताको लागि केही नयाँ काम गर्ने र स्वास्थ क्षेत्रमा नयाँ क्रान्ति गर्ने बताएका हुन्।
प्रधानमन्त्री दाहालले मानव अंग प्रत्यारोपण अस्पतालको भवन निर्माणका लागि आफूले दोस्रोपटक प्रधानमन्त्री हुँदा भक्तपुरको सल्लाघारीमा ९९ रोपनी जग्गा दिने निर्णय गरेकोमा त्यो कार्यान्वयन गर्ने बताए।
उनले भने, 'म अघिल्लोपटक प्रधानमन्त्री हुँदा केन्द्रलाई ९९ रोपनि जग्गा दिने निर्णय गरेको थिएँ। मभन्दा पछिको सरकारले त्यो निर्णय रोकेको रहेछन्। म फेरि प्रधानमन्त्री भएको छु, त्यो निर्णयलाई छिट्टै क्याविनेटबाट पास गरि जग्गा उपलब्ध गराउनेछु,' उनले भने।