काठमाडौं- काठमाडौं प्रहरीले एक जनालाई खैरो हेराइनसहित पक्राउ गरेको छ।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ १ ग्राम ७२ मिलिग्रामसहित दाङ बबई गाउँपालिका –४ घर भएका २६ वर्षीय सुमन बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
नेपालगञ्जदेखि काठमाडौं आउँदैगरेको बा.५ ख ४५ नम्बरको बसलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।