मंगलबार, साउन ७, २०८२

विमान दुर्घटनापछि घटे हवाई यात्रु

भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौं जाने र आउनेको संख्या घट्दै गएको हो।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

भरतपुर- यही माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ। पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको संख्या घटेको हो। 

भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौं जाने र आउनेको संख्या घट्दै गएको हो। कार्यालयका निमित्त प्रमुख दीपक विकेका अनुसार पुस २८ मा दुई सय ६० जना, पुस २९ मा तीन सय २५ जना, पुस ३० मा दुई सय ६० जना भरतपुरबाट हवाई मार्ग हुँदै काठमाडौं गएका थिए। माघ १ मा खराब मौसमका कारण उडान हुन सकेको थिएन। 

पोखरामा विमान दुर्घटना भएपछि माघ २ मा एक सय ९९ जना, माघ ३ मा एक सय ६८ जना र माघ ४ मा एक सय ८७ जनाले हवाई यात्रा गरेका छन्। भरतपुर–काठमाडौं रुटका साथै काठमाडौं–भरतपुर रुटमा पनि हवाई यात्रुको संख्या घटेको छ।

कार्यालयका अनुसार पुस २८ मा तीन सय २१ जना, पुस २९ मा तीन सय १९ जना र पुस ३० गते तीन सय १३ जना यात्रु काठमाडौंबाट भरतपुर आएका थिए। यस्तै माघ २ मा एक सय ३८ जना, माघ ३ मा एक सय ८२ जना र माघ ४ मा दुई सय सात जना हवाई मार्ग हुँदै काठमाडौंबाट चितवन आएका छन्।  

अहिले भरतपुर विमानस्थलबाट दैनिक ८ देखि १० वटा उडान हुँदै आएको छ। जस अन्तर्गत गुण एयरलाइन्सले काठमाडौं-भरतपुर-काठमाडौं र बुद्ध एयरले भरतपुर–पोखरा–भरतपुर रुटमा दैनिक एक उडान र काठमाडौं–भरतपुर–काठमाडौं रुटमा दैनिक आठ वटा उडान गर्दै आएको छ। 

विकेले भरतपुर विमानस्थलमा हवाई सुरक्षामा कुनै खतरा नभएको भए पनि यात्रुमा मानसिक प्रभाव परेको हुनसक्ने बताए। विमानस्थल आसपासमा रहेका भौतिक संरचना विमानस्थल अनुसारको मापदण्ड अनुसार नबनेकाले  केही समस्या भएको उनले बताए।

प्रकाशित: Jan 19, 2023| 21:30 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।