मंगलबार, वैशाख १६, २०८२

राष्ट्रियसभा सदस्य हुन खोजेका घिमिरे सभामुख बने

पार्टीले उम्मेदवारको नाम सार्वजनिक गर्नुअघि नै घिमिरे उम्मेदवार बन्ने पक्कापक्की जस्तै थियो। उनले त्यहीअनुसार तयारी अघि बढाएका थिए।
 |  बिहीबार, माघ ५, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, माघ ५, २०७९

विराटनगर- नेकपा एमालेका स्थायी कमिटी सदस्य ६६ वर्षीय देवराज घिमिरेलाई गत वर्ष राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गर्‍यो। ७ वटै प्रदेशबाट एमालेका १९ जना उम्मेदवारको नामावली सार्वजनिक गर्दा घिमिरेको नाम प्रदेश १ को खुलामा समावेश थियो। 

पार्टीले उम्मेदवारको नाम सार्वजनिक गर्नुअघि नै घिमिरे उम्मेदवार बन्ने पक्कापक्की जस्तै थियो। उनले त्यहीअनुसार तयारी अघि बढाएका थिए। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखहरुसँग उनले उम्मेदवारका रुपमा संवाद पनि सुरु गरेका थिए। पार्टीले पनि पछि घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गर्यो। उनको नाममा टिकट पनि तयार भयो। तर, त्यो निर्णय २४ घण्टा पनि टिकेन। घिमिरेलाई ब्याक गराउँदै अर्का स्थायी कमिटी सदस्य गुरु बराललाई उम्मेदवार बनाइयो। बराल गोला प्रथाबाट कांग्रेसका गोपालबहादुर बस्नेतसँग पराजित भए। एमालेका एक नेता भन्छन्,‘ बरालको ठाउँमा घिमिरे भएको भए चुनाव जितिन्थ्यो।’ 

अन्तिम समयमा आएर टिकट खोसिएका घिमिरेलाई पार्टीले १० महिनापछि प्रतिनिधिसभाको उम्मेदवार बनाएको थियो। चितवन महाधिवेशनबाट स्थायी कमिटी सदस्य भएका घिमिरे ०५६ मा राष्ट्रियसभा सदस्य भएका थिए। बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार इश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुखमा निर्वाचित भएका छन्। 

पार्टीभित्र इमान्दार छवि बनाएका घिमिरे जनताबाट पहिलो पटक अनुमोदित भएका हुन्। पार्टीमा भूमिगतकालदेखि नै पूर्णकालिन सदस्य भए पनि उनी पार्टीभित्र पनि निर्वाचित हुन सकेका थिएनन्। पार्टीको पाँचौं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका उनी त्यसपछि भएका पार्टीका महाधिवेशनहरुमा निर्वाचित हुन सकेनन्। महाधिवेशनमा उम्मेदवारी दिने तर पराजित हुँदै आए। चितवन महाधिवेशनमा निर्वाचन नभएका कारण केन्द्रीय सदस्य हुँदै स्थायी कमिटी सदस्य बनेका घिमिरे पार्टीको प्रदेश १ को इञ्चार्जको जिम्मेवारी पाएका थिए।

संसदीय निर्वाचनमा घिमिरेले पहिलो पटक टिकट पाएका थिए। ताप्लेजुङ, इलाममा रहेर पार्टी राजनीति गरे पनि उनले टिकट पाउन सकेका थिएनन्। झापा सरे पनि शुरुमा घिमिरेले टिकट पाएनन्। झापामा स्थापित नेताहरु भएका कारण उनले टिकट पाउन सकेका थिएनन्। गत मंसिरको प्रतिनिधिसभा निर्वाचनमा भने क्षेत्र नं. २ बाट टिकट पाएका थिए।  

Metro Mart
worldlink

निर्वाचनमा घिमिरे स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। झापाको बिर्तामोडका घिमिरेले २८ हजार ७१६ मत ल्याएरे विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४५५ मत ल्याएका थिए। प्रतिनिधिसभामा निर्वाचित भएको दुई महिनापछि मुलुकको मर्यादाक्रमको ५ औं नम्बरमा पुग्न सफल भएका छन्। 

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका घिमिरेले प्रतिनिधिसभालाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने बताएका छन्। नवनिर्वाचित घिमिरेले सभामुखले खेल्ने भूमिकामा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: Jan 19, 2023| 16:07 बिहीबार, माघ ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।