मंगलबार, साउन ७, २०८२

रूपन्देही प्रशासनले थाल्यो टाइम कार्ड सेवा

नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा ई–पासपोर्टमा उक्त कार्ड लागू गरिएको हो।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

भैरहवा– रुपन्देही जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि चार वटा सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ। सेवालाई सहज बनाउन र ढिलाइ हुने प्रक्रिया हटाउन टाइम कार्ड लागू गरिएको हो।

सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा ई–पासपोर्टमा उक्त कार्ड लागू गरिएको छ। 

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय नै तोकेर सेवा दिने तयारी गरिएको उनले बताए। ‘यसअघि पनि बडापत्रमा लेखिएअनुसार सोही दिन नै सेवा दिइरहेका थियौं। तर यसले कति घन्टा प्रतीक्षा गर्नुपर्ने भन्ने सेवाग्राहीमा अन्योल थियो’, सूचना अधिकारी अर्यालले भने, ‘टाइम कार्ड लागू भएपछि सेवाग्राहीले एउटा निश्चित समय पाउँछ र सो समयसम्म उसले अन्य काम पनि भ्याउन सक्छ।’

उनका अनुसार कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समयसहितको एउटा टोकन वितरण गरिन्छ। टोकनमा सेवाग्राहीले सेवा पाउने समय र कोठा नम्बर उल्लेख हुन्छ। नयाँ नागरिकताको हकमा प्रमाण पुर्‍याएर १२ बजेभित्र पेस गर्ने निवेदकलाई १ बजेभित्र र दिउँसो १२ देखि ३ बजेसम्म पेस गर्ने निवेदकलाई ४ बजेभित्र नागरिकता प्रदान गरिन्छ।

नागरिकताको प्रतिलिपिको हकमा प्रमाण पुर्‍याएर पेस भएका निवेदकलाई अभिलेख भिडेको एक घन्टाभित्र प्रतिलिपि दिइनेछ। यस्तै, अनलाइन फारम भरेर राष्ट्रिय परिचयपत्रका लागि आएका निवेदकले पनि एक घन्टाभित्रै सेवा पाउने सूचना अधिकारी अर्यालको भनाइ थियो। ई–पासपोर्टका लागि आउने सेवाग्राहीले प्रि–इनरोलमेन्टको फारम भरेर आए तोकिएकै दिन र समयमै इनरोलमेन्ट हुने र केन्द्रबाट प्राप्त भएका ई–पासपोर्ट टोकन प्रणालीअनुसार सोही दिन समय तोकेर वितरण हुनेछ।

जिल्लाको सुशासन अभिवृद्धि, विकास र समृद्धिका कार्यालय लागि रेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए। ‘यसका लागि प्रमाण पुर्‍याई सेवा लिन पेस भएका निवेदनमा  सेवा सोही दिनमै सेवा दिने गरिएको छ’, उनले भने, ‘यसलाई अझै सहज बनाउन आजदेखि टाइम कार्ड लागू गरेका हौं। यसले सेवाग्राहीमा समयको सुनिश्चतताका साथै सेवाप्रतिको विश्वसनीयता बढ्ने अपेक्षा राखेका छौं।’

प्रजिअ पाण्डेले सेवाग्राहीका लागि टाइम कार्ड लागू गरे पनि गर्भवती महिला, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई भने टाइम कार्ड नचाहिने बताए। उनले यस्ता सेवाग्राहीको हकमा सोझै फाँटमा तोकिएको कर्मचारीलाई भेटेर सेवा लिन सकिने स्पष्ट पारे। उक्त कार्यालयमा दैनिक १०० बढी नयाँ नागरिकता, ८० बढी प्रतिलिपि, २०० बढीको राष्ट्रिय परिचयपत्र बन्ने गरेको र २५० बढी ई–पासपोर्ट बन्ने गरेको छ।

प्रकाशित: Jan 19, 2023| 13:33 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।