आइतबार, जेठ २६, २०८२

सगरमाथा जलविद्युतले खुलायो आईपीओ

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्कासन गरेको हो।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं– सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बिक्री खुला भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्कासन गरेको हो। 

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो। 

त्यस्तै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुने ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि बिक्री गरेको कम्पनीले जनाएको छ।

उक्त सेयर खरिदका लागि न्यूनतम १० कित्ता, अधिकतममा स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ५० हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ। 

१९ माघसम्म आवेदन दिन सकिने आईपीओमा उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आयोजना प्रभावितलाई ५ फागुनसम्मको समय तोकिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रकाशित: Jan 19, 2023| 12:28 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्