काठमाडौं– पोखरामा भएको यती एयर विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल पुगेर दुःख साटासाट गरेका छन्।
बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै त्यसबारे काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले बताए।
शव पहिचानको काम छिटो सक्न सरकारका तर्फबाट चाहिने सहयोगका लागि उनले अस्पताल पदाधिकारीसँग आग्रह गरेका थिए। प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका मृतकका आफन्तसँग भेट गरेका थिए।