आइतबार, जेठ २६, २०८२

विमानस्थल अनुगमनमा निस्किए मन्त्री किराती

अनुगमनका क्रममा विमानस्थलका शौचालय सफा राख्न, आगमन कक्षलाई व्यवस्थित गर्न मन्त्री किरातीले दिए निर्देशन।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं– पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा पाएका नवनियुक्त मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गरेका छन्। बिहीबार बिहान विमानस्थल पुगेका मन्त्री किरातीले सरसफाइ र आगमन कक्षतर्फका लिफ्ट, स्केलेटर र ट्रयाबलेटर अनुगमन गरेका थिए। 

मन्त्री किरातीले अनुगमनका क्रममा विमानस्थलका शौचालय सफा राख्न, आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिएको त्रिभुवन विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बताए। विमानस्थलमा आगमनतर्फ अहिले तीन वटा लिफ्ट र एक–एक वटा अहिले लिफ्टमा ट्रली निषेध गरिएको छ।

बन्द गर्दा झन समस्या हुने भएकोले ट्रली निषेध गरेर थप व्यवस्थित गर्न लागिएको प्रमुख ठाकुरको भनाइ छ। विमानस्थल अनुगमनमा निस्किएका मन्त्री किरातीले दिएको निर्देशन पालना भए/नभएको जाँच्न पुनः केही दिनपछि अनुगमनमा आउने बताएका थिए।

प्रकाशित: Jan 19, 2023| 11:15 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्