आइतबार, जेठ २६, २०८२

माइक्रोसफ्टले ५ प्रतिशत कर्मचारी कटौती गर्ने

माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई कामबाट हटाउने भएको छ।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

वासिंगटन- माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई कामबाट हटाउने भएको छ। सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति  अर्थात् करिब ११ हजार कर्मचारी कटौती गर्ने भएको हो। 

कटौतीबाट मानव संशाधन र इञ्जिनियरिङ शाखामा कार्यरत कर्मचारी प्रभावित हुनेछन्। पछिल्लो समयमा ट्वीटर, अमेजन, गुगल, माइक्रोसफ्टले धमाधम कर्मचारी कटौती गरेका छन्। अधिकांश कम्पनीले कटौती हुनुमा कम्पनीको घाटालाई उल्लेख गरेका छन्।

प्रकाशित: Jan 19, 2023| 07:57 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्