डोल्पा- डोल्पाको सदरमुकाम दुनै भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको छ। सडक सञ्जाल जोडिएसँगै हप्तादिनदेखि देशका जुनसुकै ठाउँबाट पनि डोल्पाको दुनैसम्म सिधा यात्रा गर्न सकिने भएको छ।
घोडाको साहारा लिनुपर्ने बाध्यता भने यथावत् नै छ। त्यहाँका कर्मचारीहरू कार्यालयमा बसेर तलब, भत्ता मात्र खाने गरेको जनप्रतिनिधिहरु नै गुनासो गर्दछन्।
अधिकांश काम दुनैबाट गर्ने र वर्षदिनमा हप्ता दिन जस्तो मात्रै कार्यालय पुग्ने पालिकाका कर्मचारीहरु सामाजिक सञ्जालमा काम गरेको पोष्ट राख्ने गरेका जनप्रतिनिधिको गुनासो छ। जनतासँग दैनिक हामीले काम गर्नुपर्छ, कर्मचारी खोज्दा कोही पनि भेटिँदैनन्, फोन गर्दासमेत सम्पर्कमा नआएर दुःख दिने गरेको छार्काताङसुङ गाउँपालिका–३ का वानचिन गुरुङले बताए।
भेरी नदीमा अस्थायी पुल निर्माण भएसँगै डोल्पाको दुनैसम्म गाडीमा जान सकिने भएपछि स्थानीय खुसी भएका छन्। दुर्गम जिल्ला डोल्पामा यातायात सेवा विस्तार भएपछि स्थानीयलाई केही हदसम्म सहजताको अनुभूति गरेका छन्। सदरमुकाम दुनैबाट उपल्लो डोल्पाका तीनवटा पालिका जानका लागि अझै पनि पैदल वा छार्काताङसुङ गाउँपालिका–३ का वानचिन गुरुङले बताए।
'प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल काठमाडौँ हुनुहुन्छ, फोन गर्दा उठाउनुहुन्न, पालिकामा एक जना पनि कर्मचारी छैनन्, स्थानीयको काम गरिदिने कसले?, देशमा संघीयता आए पनि हाम्रो पालिकामा आएकै छैन', उनले भने।
सधैँ पालिकाभन्दा बाहिर बसेर सधैँ तलब, भत्ता खाने गरेको आरोप गुरुङले लगाए। उनका अनुसार पालिकाको काममा गएको भन्दै लामो समयदेखि सेजुवाल काठमाडौँ बस्दै आएका छन्। अन्य कर्मचारीहरू पनि व्यक्तिगत काममा बसेका कारण पालिकामा कर्मचारी कोही पनि नभेटिने गरेका छार्काताङसुङ–४ का पासवान रोकाय बताउँछन्।
उनले पनि कर्मचारीहरु सदरमुकाम नै बसेर काम गर्ने र कार्यालय कहिलेकाहीँ मात्र आउने गरेको गुनासो गरे। पालिकाका सूचना प्राविधिक अधिकृत किरण केसी पनि सम्पर्कमा छैनन् भने गाउँपालिकाका उपाध्यक्ष कर्म ढुण्डुप गुरुङ पनि काठमाडौँमा छन्।
गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले सेवाग्राही मात्र नभएर आफू पनि पीडित भएको बताउँदै जतिबेला पनि सम्पर्कमा रहनुपर्ने व्यक्तिले फोन समेत उठाउने नगरेको बताए। उनले भने काम परेको बेला आफु जतिबेला जुनसुकै ठाउँमा पुग्ने गरेको बताउँछन्। बजेटका लागि काठमाडौँ पुगेका अध्यक्ष गुरुङ पालिकाको विकासलाई गति दिन केन्द्र सरकार र मन्त्रीहरुसँग छलफलमा रहेको बताए। गाउँपालिकामा हुने अधिकांश कामहरू कर्मचारी नहुँदा समस्या हुँदै आएको सेवाग्राहीले बताएका छन्।