आइतबार, जेठ २६, २०८२

सानिमा मिडिल तमोरको आईपीओ खुल्यो

कम्पनीले ३३ लाख ३२ हजार ५०० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको हो।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

काठमाडौं– सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बिक्री खुला भएको छ। बुधबार कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुलाएको हो। 

कम्पनीले प्रतिकित्ता सेयर १०० अंकित दरका ३३ लाख ३२ हजार ५०० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको हो। तीमध्ये आयोजना अति प्रभावित क्षेत्रका स्थानीयका लागि १३ लाख ३३ हजार कित्ता छुट्याएको छ।

कम्पनीले आयोजना अतिप्रभावित क्षेत्रका रुपमा ताप्लेजुङका फुङलिङ नगरपालिका–१, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका–१ तथा भिक्वाखोला गाउँपालिका–१ र २, मेरिङदेन गाउँपालिका–२ र ३, आठराई त्रिवेणी गाउँपालिका–५ तथा मैवाखोला गाउँपालिका–१ मा बसोबास गर्ने स्थानीय बासिन्दा रहेको बताएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाका बासिन्दाका लागि ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता सेयर निष्कासन गरेको हो।

कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्ने ४९ लाख ९८ हजार ७५० कित्ताको १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता सेयर सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यसैगरी विदेशमा रहेका नेपालीहरुले उक्त आईपीओमा १८ माघसम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीयले ४ फागुनसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

प्रकाशित: Jan 18, 2023| 12:32 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्