मंगलबार, साउन ७, २०८२

हवाई सुरक्षामा मानव अधिकार आयोगको चासो

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्धारित मापदण्ड एवं सिफारिसको कार्यान्वयनमा जोड दिन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

राष्ट्रिय मानवअधिकार आयोगले हवाई दुर्घटनाबाट नागरिकले ज्यान गुमाउनु परिरहेको अवस्थाप्रति संवेदनशील बन्दै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्धारित मापदण्ड एवं सिफारिसको कार्यान्वयनमा जोड दिन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र हवाई दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई उपयुक्त राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न÷गराउन र सहजरूपमा बीमा रकम उपलब्ध गराउन आयोगले आग्रह गरेको छ।

यही माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको चालकदलसहित ७२ जना सवार जहाज कास्कीको पोखरामा दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको र दुई जनाको अवस्था अझै अज्ञात रहेको घटनाप्रति आयोग गहिरो दुःख व्यक्त गरेको छ। आयोगले यस सङ्कटको घडीमा शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गर्दै समवेदना प्रकट गरेको छ।

हवाई दुर्घटनाका कारण व्यक्तिको जीवनको अधिकार गुम्न गएका घटनाहरूको आयोगले विभिन्न माध्यमबाट अनुगमन गर्दै आइरहेको छ। मानवीय क्षतिको दृष्टिकोणले उक्त दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै सबैभन्दा ठूलो रहेको पाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ मा हवाई उडानलाई नियमन गर्ने व्यवस्था छ।

हवाई नीति, २०६३ ले उडान सुरक्षा एवं हवाई सुरक्षामा सुदृढीकरण गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्धारण गरिएको मापदण्ड तथा सिफारिसको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक कानूनी र संस्थागत व्यवस्था गर्ने उल्लेख गरेको छ।

हवाई दुर्घटनाका सम्बन्धमा विभिन्न छानबिन समितिबाट प्राप्त सिफारिस कार्यान्वनलाई प्राथमिकता नदिएकोतर्फ दुर्घटना बढिरहेको देखिएको छ भने अर्कोतर्फ पुराना विमान खरिद र सञ्चालनमा प्रभावकारी नियमन हुन नसकेको आयोगले जनाएको छ।


प्रकाशित: Jan 17, 2023| 19:43 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।